Main

अष्ट्रेलियामा ‘तिहार साँझ विथ हेमन्त शर्मा’ आयोजना हुने

सिड्नी (अष्ट्रेलिया)

‘आउँथ्यो दशैं आउन त पहिले नि
यस्तो मज्जा भा थे न कहिले नि’

दशैंको सन्दर्भमा तयार पारिएको यो गीत यतिबेला चर्चामा छ । यस गीतका सर्जक हुन गायक हेमन्त शर्मा । युवा पुस्तामाझ चर्चित यी गायक अब तिहारको छेकोमा अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएका छन् ।

दिदी बहिनी इभेन्ट्स आयोजक रहेको ‘तिहार साँझ विथ हेमन्त शर्मा’ नामक यस कार्यक्रमलाई फिन कनेक्स फाइनान्सियलले प्रस्तुत गर्न लागेको हो ।

फिन कनेक्सले लामो समयदेखि अष्ट्रेलियामा हुने सामाजिक, धार्मिक लगायत गीतसंगीत र अन्य नेपाली समुदायका कार्यक्रममा सहभागिता र उपस्थिति जनाउँदै आएको छ । ‘यतिबेला नाम चलेका र वजनदार गायकसँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो’ फिन कनेक्सका प्रमुख बिष्णुप्रसाद अर्यालले भने ।

आयोजक संस्थाकी प्रमुख एवं गायिका विन्दु पौडेलले लामो समयदेखि अष्ट्रेलियामा सफल कार्यक्रमको आयोजना गर्दै आइरहेकी छन । त्यहाँस्थित नेपाली संगीतका पारखीको चाहना र मागलाई ध्यानमा राखेर शर्माको अष्ट्रेलिया टूरको व्यवस्थापन गर्न लागेको उनले बताइन् ।

गायक शर्माले पनि सामाजिक सन्जालमार्फत आफू अष्ट्रेलिया आउंन लागेको र यस पटकको तिहार त्यहाँस्थित नेपाली समुदायसँग मनाउने योजनामा आफू रहेको बताएका छन् । ‘यसपटकको तिहार अष्ट्रेलियामा रहने नेपालीसँग मनाउंदै रंगीन र संगीतमय हुने भएको छ’ उनले भनेका छन् ।

शर्माको अष्ट्रेलिया टूर अक्टोबर १९ तारिखदेखि क्यानबेराबाट सुरु हुनेछ । अक्टोबर २१ मा एडिलेड, अक्टोबर २३ मा म्याटल्याण्ड, अक्टोबर २४ मा सिड्नी, अक्टोबर २५ र २६ मा मेलबर्न, नोभेम्बर १६ मा तासमनियाको होबार्टमा हेमन्त गुन्जने जनाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button