Main

अष्ट्रेलिया पुगेर लिङ्दनले भने : भ्रष्ट नेताहरुलाई चन्दा उठाउँदा पुनर्विचार गर्नुस्

३ भदौ, अष्ट्रेलिया। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रवासी नेपालीहरुसँग गुहार माग्न आएको बताएका छन् ।

विदेशमा बस्ने छोराछोरीले नेपालको चुनावमा प्रभाव राख्ने भएकाले सहयोग माग्न अष्ट्रेलिया आएको लिङदेनले बताए । उनले विदेशमा बस्ने नेपालीहरुले हिन्दू राष्ट्र र राजसंस्था सहितको नवीन समझदारीका निम्ति पहल गरिदिन पनि आग्रह गरे ।

सँगै नेपालका दलहरुलाई चन्दा पठाउँदा ध्यान दिन समेत लिङदेनले सुझाव दिए ।

‘चुनावमा तिनै भ्रष्ट, विदेश विगारेका पार्टी र नेतहरुलाई चन्दा नदिनुहोस्’, उनको आग्रह थियो । पार्टी निकट प्रवासी संगठन नेपाली एकता समाजवादको पाँर्चौ वार्षिक उत्सव कार्यक्रममा भाग लिन अध्यक्ष लिङदेन मेलबर्न आएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button