Main

किरण राणा र सुन्दरप्रसाद ह्योजु एआईजी बढुवामा सिफारिस

५ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य  सचिवसमेत रहेका एआईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button