Main

अहा पिङ ! चचहुई चचहुई !! (तस्वीरहरू)

२५ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ ।

केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ ।

गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । काठमाडौंका थुप्रै ठाउँमामा यस्ता पिङ बनाइएका छन् । कति ठाउँमा स्थानीयहरूले बनाएका छन् भने कतिपय ठाउँमा सशस्त्र प्रहरी बलले स्थानीय तहको समन्वयमा पिङ बनाइदिएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ स्थित इन्द्रथानमा स्थानीयहरूले पिङ मच्चाएका छन् ।

तस्वीरमा हेर्नुहोस् लिङ्गे पिङको मज्जा :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button