दक्षिण कोरियामा हुने भनिएको सांगीतिक कार्यक्रम ‘ग्रेट नेपाल फर ग्रेट नेप्लिज’ स्थगित

काठमाडौं । दक्षिण कोरियाका दुई सहरमा सेप्टेम्बर १५ र १७ मा हुने सांगीतिक कार्यक्रम ‘ग्रेट नेपाल फर ग्रेट नेप्लिज’ स्थगित भएको छ ।
आयोजक रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउसले विज्ञप्ति जारी गर्दै भिसा प्रक्रियाका कारण कार्यक्रम निर्धारित समयमा हुन नसक्ने जनाएको छ । कार्यक्रम दक्षिण कोरियाको राजधानी सिउल र अर्को सहर बुसानमा हुने जनाइएको थियो ।
निरन्तर तीन महिनादेखि प्रयास गर्दा पनि कोरियन दूताबासबाट एपोइन्टमेन्ट समय पाउन नसकेको र परराष्ट्र मन्त्रालय मार्फत पहल गर्दा पनि हुन नसकेकाले कार्यक्रमा पछि सार्नुपरेको आयोजक संस्थाले जनाएको छ ।
‘लामो समयदेखि अथक प्रयास गर्दा पनि हामीले समयमा कार्यक्रम गर्न नसक्ने भएको हुनाले यसबाट पर्न गएको असुविधाप्रति आम कलाकार, दर्शकसामु हाम्रो रेड स्टार टिम क्षमापार्थी छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसबाट पर्न गएको असुविधाप्रति आम कलाकार र दर्शकसामु रेड स्टार टिम क्षमाप्रार्थी छ,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावासबाट एपोइन्टमेन्ट समय पाउने बित्तिकै कार्यक्रमलाई अगाडि बढाउने पनि जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।