Main
आइतबार उपत्यकामा सार्वजनिक बिदा
१६ जेठ, काठमाडौं । सरकारले आगामी आइतबार (१८ जेठ) उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।