Main

आइपीएलमा सट्टेबाजी खेलाएको आरोपमा १५ जना पक्राउ

९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)का खेलहरुको सट्टेबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा बाँके प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

घरको फ्ल्याट नै भाडामा लिएर हारजित हुनेगरी अनलाइन जुवा खेलाएको अरोपमा १५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा बर्दियाको गुलेरिया नगरपालिका–३८ का बिराज पौडेल, सोही ठाउँका २० वर्षीय सास्वनपाठक, बाँकेको खजुरा गाउँपालिका–१ का ३८ वर्षीय ईश्वर राणा, सोही ठाउँका ३७ वर्षीय टोपबहादुर थापा, मोरङको मिक्लाजुङ–६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँका १९ वर्षीय सुदेश राई, २२ वर्षीय रोशन दनुवार, खोटाङको एैंसेलुखर्क गाउँपालिका–६ का २७ वर्षीय प्रवीण राई छन् ।

त्यसैगरी इलामको इलाम नगरपालिका–९ का ३३ वर्षीय पर्शुराम दर्जी, सिरहा नगरपालिका–७ का २३ वर्षीय राकेश कुमार यादव, पर्साको वीरगञ्ज महानगरपालिका–१४ का ३१ वर्षीय सुरेन्द्र चौधरी, उदयपुरका ३२ वर्षीय भास्कर मगर, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ का २६ वर्षीय दीपेनद्र केसी, गोरखाको अजुरकोट गाउँपालिका–४ का २९ वर्षीय रुपक कोइराला र पवर्तको त्रिवेणी गाउँपालिका–२ का ३५ वर्षीय सुन्दर राणा छन् ।

उनीहरुबाट अनलाइन जुवा लेखाउन प्रयोग गरिएका ५६ थान मोबाइल, १८ थान ल्यापटप बरामद भएको छ । उनीहरुले नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयबु हलवाइएको घरमा फ्ल्याटछ भाडामा लिएर अनलाइन जुवा खेलाएको बाँकेका डीएसपी तथा प्रवक्ता नारायण डाँगीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button