आइफोनमा पासकोड कसरी सेट गर्ने ?

काठमाडौं । आजको डिजिटल युगमा आफ्नो व्यक्तिगत डेटा सबैभन्दा महत्वपूर्ण हुन्छ । यदि तपाईंले आइफोन प्रयोग गर्नुहुन्छ भने आफ्नो डिभाइसलाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी उपाय भनेको पासकोड राख्नु हो ।
पासकोडले सुरक्षा कवचको काम गर्दछ र तपाईंको फोनमा अनधिकृत व्यक्तिको पहुँचलाई रोक्दछ । जसका कारण फोनमा रहेका तपाईंका महत्वपूर्ण डेटा सुरक्षित हुन्छन् ।
पासकोड राख्नुभयो भने फोन हराउँदा र चोरिँदा समेत त्यसमा अरु गलत मानिसको अनधिकृत पहुँच पुग्ने जोखिम कम हुन्छ ।
आफ्नो आइओएस १८ डिभाइसमा पासकोड सेट गर्नु निकै सरल छ । यसका लागि दिइएको तरिका अपनाउनुहोस्–
सेटिंग्स खोल्नुहोस् र त्यसका लागि आफ्नो आइफोन वा आइप्याडको Settings गएर ट्याप गर्नुहोस्
त्यसपछि एबकक Passcode Settings मा जानुहोस्
यदि तपाईंको डिभाइसमा फेस आइडी छ भने Face ID & Passcode अप्सनमा ट्याप गर्नुहोस्
यदि तपाईंको डिभाइसमा Touch ID छ भने Touch ID & Passcode अप्सनमा ट्याप गर्नुहोस्
यदि तपाईंको आइफोन वा आइप्याडमा फेस आइडी वा टच आइडी कुनै पनि छैन भने Passcode मा ट्याप गर्नुहोस्
त्यसपछि Turn Passcode On अप्सनमा ट्याप गर्नुहोस्
पासकोड सिर्जना गर्नुहोस् । त्यसका लागि आफूले चाहेको ६ अंकको पासकोड थिच्नुहोस् ।
पासकोडलाई कन्फर्म गर्नका लागि पुनः थिच्नुहोस् ।
ध्यान दिनुपर्ने केही कुरा
बलियो पासकोड छान्नुहोस् । आफ्नो जन्ममिति तथा लगातारका संख्याजस्ता सजिलैसँग अनुमान गर्न सकिने पासकोड प्रयोग नगर्नुहोस् ।
फोन स्लिप भएपछि पासकोड सक्रिय हुने विकल्प राख्नुहोस् । यो सेटिंग्स राख्नुभयो भने तपाईंको फोन केही समय निस्क्रिय भएको निश्चित समयपछि डिस्प्ले खोल्नका लागि पासकोड हाल्नुपर्दछ ।
नियमित रुपमा पासकोड परिवर्तन गर्नुहोस् । पासकोडलाई समय समयमा अपडेट गर्नाले सेक्योरिटीमा वृद्धि गर्दछ ।
–एजेन्सी
– यस समाचारको श्रोत : Online Khabar हो ।