मिस इन्टरनेसनलको फिनाले आज, कस्तो छ नेपालको तयारी ?

काठमाडौं । मिस इन्टरनेसनलको ६२ औं संस्करणको ग्राण्ड फिनाले आज (मंगलबार) जापानको टोकियोमा हुँदैछ । नेपाली समयानुसार अपरान्ह ३ बजेपछि फिनाले सुरु हुने जनाइएको छ ।
मिस अर्थमा अन्तिम २० मा छनोट हुन नसकेको नेपालले मिस इन्टरनेसनलबाट केही आशा लिएको छ । यो प्रतिस्पर्धामा मिस नेपाल इन्टरनेसनल करुणा रावतले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् ।
यस वर्षको संस्करणमा मानसिक स्वास्थ्य र दिगोपनको थिम तय छ । सोहीअनुसार करुणाले पनि तयारी गरेकी छन् । यसपटक उनले राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यका दुई कार्यक्रम राम्रो स्वास्थ्य र कल्याणबारेको प्रोजेक्ट प्रस्तुत गर्दैछिन् ।
मिस इन्टरनेसनलको लक्ष्य सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्नु रहेकाले यसपटक नेसनल कस्ट्युम परेड समेत भएको छ फिनाले टोकियोस्थित डोम सिटी हलमा हुनेछ ।
यस वर्ष ७३ सुन्दरी उपाधिका लागि भिड्दैछन् । विजेतालाई गत वर्षकी क्राउन होल्डर तथा भेनेजुएलन सुन्दरी एन्ड्री रुबियोले ताज लगाइदिनेछिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।