Main

परराष्ट्रमन्त्री राणासँग अमेरिकी उप–विदेशमन्त्री बर्माको भेटवार्ता

काठमाडौं। अमेरिकी व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेका छन्।

शुक्रवार अपराह्न परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री वर्माबीच भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको जनाएको छ। आजै काठमाडौँ आएका उपविदेश मन्त्री बर्माले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button