Main

आफूखुसी गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

११ कात्तिक, काठमाडौं । आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ ।

यदि यो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।

हेर्नुहोस् गैरहाजिर भएकाहरुको नामावली–

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button