Main

आस्था राउत र नाजिर हुसेनले शुभारम्भ गरे ‘नील डेविड्स सलून’

काठमाडौं । सेलिब्रेटी स्टाइलिस्ट नील डेविड कटवालको ‘नील डेविड्स सलून’ को नयाँ फ्रेन्जाइजी भक्तपुरको मध्यपुर थिमीस्थित दिव्यश्वरी प्लानिङमा संचालनमा आएको छ ।

शुक्रबार आयोजित समारोहमा स्टाइलिस्ट कटवालसहित गायिका आस्था राउत र अभिनेता नाजिर हुसेनले उक्त सलूनको शुभारम्भ गरे । युवा उद्यमी नवीन बस्नेतद्वारा सञ्चालित सलूनमा हेयर स्टाइलिङका सम्पूर्ण सेवाहरु उपलब्ध छन् ।

भारतमा समेत लोकप्रिय स्टाइलिष्ट नीलडेविडले दिव्यश्वरी प्लानिङमा सञ्चालनमा आएको आफ्नो नयाँ सलूनले उत्कृष्ट सेवा प्रदान गरेर यो क्षेत्रका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिलाई सुन्दर बनाउन मेहनत गर्ने धारणा व्यक्त गरे ।

शुभारम्भ समारोहमा शुभकामना व्यक्त गर्दै अभिनेता हुसेनले नीलडेविडको लक्ष्मीपुर झापादेखि काठमाडौंसम्मको संघर्षको यात्रालाई स्मरण गर्दै नेपाल तथा भारतका झण्डै एकसय भन्दा बढी सलूनमार्फत पाँच हजार भन्दा बढी युवायुवतीलाई रोजगार दिन सफल भएकोमा वधाइ ज्ञापन गरे ।

अभिनेता हुसैनले अहिल हरेक व्यक्तिलाई स्मार्ट, सुन्दर, आकर्षक हुन मन लाग्ने भएकाले दिव्यश्वरी प्लानिङमा सञ्चालनमा आएको सलूनले यो क्षेत्रका युवा–युवती अझ सुन्दर तथा आकर्षक हुने विश्वास व्यक्त गरे ।

टेलिभिजनकर्मी सुष्मा लामाद्वारा सञ्चालित उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिँदै गायिका आस्था राउतले हेयर स्टाइलिस नीलडेविड कटवालको नाम नै काफी भएको बताइन् ।

‘एउटा नेपाली भएर नेपालमा होइन भारत र विश्वका विभिन्न देशहरुमा उत्तिकै प्रख्यात हुनुहुन्छ, गायिका राउतले भनिन्– ‘नीलडेविड्स सलूनले उपलब्ध गराउने सेवा पनि विश्वस्तरीय नै पाएकी छु । नयाँ सलूनलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button