Main

इङ्ल्यान्ड ‘सी’सँग खेल्ने नेपाली टोली घोषणा

१७ वैशाख, काठमाडौं । फत्तेमान घलेलाई समेट्दै इङ्ल्यान्ड ‘सी’ टिम सँगको मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ, एन्फाले जनाएको हो ।

नेपालले वैशाख २४ गते (मे ६) मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग मैत्री खेल खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्दफ

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लकेन लिम्बु

फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button