इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी

२५ भदाै, काठमाडौं । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी भएको जनाएको छ ।
मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सचिव गोविन्दप्रसाद रिजालले जारी गरेको विज्ञप्तिमा केही आवेदकहरूले पेस गरेका कागजातमा कैफियत देखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा हाल कागजातहरूको छानबिन चलिरहेको र यो प्रक्रिया सम्पन्न भएपछि मात्र थप अगाडि बढाइने उल्लेख गरिएको छ ।
यसअघि वैदेशिक रोजगार विभागले नक्कली कागजात पेस गरेको आधारमा ५६३ वटा आवेदन रद्द गरेको थियो।
त्यसपश्चात मन्त्रालयले गठन गरेको उपसचिव मेघनाथ रिमाल संयोजकत्वको छानबिन समितिले प्रतिवेदन समेत बुझाइसकेको छ। छानबिनको क्रममा करिब १०० को हाराहारीमा आवेदनमा केही कैफियत देखिएको मन्त्रालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।