Main

एनपीएलको नामसारी गर्न क्यानलाई अख्तरको आग्रह

२९ असोज, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिर १६ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तयारी तीव्र पारिरहेको छ ।

तर कुनै बेला नेपाल प्रिमियर लिगकै नाममा क्रिकेट प्रतियोगिता सञ्चालन गराएका आमिर अख्तरले यो नाम आफ्नो स्वामित्वमा रहेको भन्दै नामसारीका लागि क्यानलाई आग्रह गरेको छ।

पूर्व क्रिकेटर समेत हेका अख्तरको जोहरा ईन्टरनेसनल र क्यान मिलेर सन् २०१४ मा नेपाल प्रिमियर लिग आयोजना गरेको थियो । अख्तरले मंगलबार क्यानलाई पत्र लेख्दै एनपीएलबारे ध्यानाकर्षण गराउँदै यो नाम नामसारीका लागि आग्रह गरेका छन्। ‘क्यानकै सहमतिमा मैले विगतमा एनपीएलको पहिलो संस्करण सञ्चालन गरेको ध्यानाकर्षण गराउन चाहन्छु। नेपाल प्रिमियर लिग प्रालिको एकल शेयर धनीका रुपमा कम्पनी रजिष्ट्रारको कार्यलयमा कम्पनी दर्ता गराएको छु,’ उनले मंगलबार क्यानलाई सम्बोधन गरी लेखेको पत्रमा भनेका छन्।

आफ्नो स्वामित्वमा दर्ता रहेको नामबाट प्रतियोगिता आयोजना गर्नु कानुन विपरित हुने उनको  दाबी छ । उनले क्यानलाई आफूसँग सहमति गरेरमात्र नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता सञ्चालन गर्न आग्रह गरेका छन् ।

क्यानसँग सहमति भएमा आफू नेपाल प्रिमियर लिगको स्वामित्व क्यानलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन् । नभए आफू कानुनी उपचार खोज्न बाध्य हुने उनको चेतावनी छ ।

उनले क्यानलाई पठाएको पत्रको बोद्यार्थ राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, कम्पनी राजिष्ट्रारको कार्यालय र एनपीएलमा सहभागी आठवटै क्लबलाई पनि दिएका छन् ।

क्यान आफैँले नेपाल प्रिमियर लिग (एनपीएल) आफैँ आयोजना गर्नेगरी तयारी तिव्र पारिरहेको छ । ८ फ्रेन्चाईज टोली सहभागि हुने एनपीएलका लागि क्यानले खेलाडीको अक्सन समेत गराइसकेको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button