इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टनमा रिजन र अक्षतको विजयी सुरुवात

२६ पुस, काठमाडौं । योनेक्स सनराइज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेलले विजयी सुरुवात गरेका छन् ।
नेपालमा योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा बिहीबार देखि सुरु मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमीमा भएको खेलमा रिजन थापा मगरले नाइटिङ्गलका निश्चल थापालाई २१–१, २१–६ ले तथा अक्षतले किर्तिपुरका गगन बि.क.लाई २१–१९, २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
अन्तिम १६ मा स्थान बनाउने क्रममा स्पोर्टस् हवका सदीप राईले ललितपुरका प्रशान्त बुढाथोकीलाई २१–६, २१–११, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका बिवेश बस्नेतलाई २१–१९, २१–१६, एपिएफका आरुष सिमखडाले सुशान्त प्रजापतीलाई २१–१८, २१–१७, कालिकाका आदित्य चौधरीले आर्मीका आयुष राईलाई २१–६, २१–८, धन्यन्तरीका सत्यम कार्कीले दोलखाका अर्नव श्रेष्ठलाई २१–६, २१–१०, कास्कीका अमृत थापाले कपिलबस्तुका विराट बस्नेतलाई २१–९, २१–१०, कपिलबस्तुका राज घिमिरेले किर्तिपुरका सामन्त बज्राचार्यलाई २१–११, २२–२० ले हराए ।
तनहुँका सफल भुजेलले दीपक ब्याडमिन्टन एकेडेमीका जेशन श्रेष्ठलाई २१–६, २१–१२, आर्मीका दीप थिङ्गले इटहरीका सिमोन कार्कीबाट वाक ओभर, पुलिस स्कुलका सिद्धान्त श्रेष्ठले एपिएफ सम्राट टन्डनले २१–१२, २१–१३, महाबौद्ध क्लबका आरभ शाक्यले कास्कीका सविन विक्रम पालिखेलाई २१–६, २१–१२, आर्मीका सुदेश राजकोटीले एपिएफका समिर खड्कालाई २१–६, २१–४, प्रिन्स थापा मगरले धन्यन्तरीका सुहम कार्कीबाट वाक ओभर, पुलिस स्कुलका प्रिन्स कार्कीले ग्यालेक्सी पब्लिक स्कुलका शुभम चौहानलाई २१–१०, २१–५ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
यस्तै यू-११ तर्फ एसबिएका आदित्य थारु, कपिलबस्तुका बिराट बस्नेत, महाबौद्धका आरभ शाक्य र ललितपुरका प्रशान्त बुढाथोकी आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।
प्रतियोगिताको बिहीबारै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ एक कार्यक्रमबीच कोर्टमा ब्याडमिन्टन खेल्दै उद्घाटन गरे । घिसिङले खेलकुदको विकास साना बालबालिकाबाट नै सुरु गर्नु पर्ने र आजका बाल खेलाडी भोलीका राज्यको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी हुने भन्दै यस प्रतियोगिताले राज्यको लक्ष्य पूर्ति गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले यस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिंदै सफलताको शुभकामना प्रदान गरे ।
चार दिनसम्म चल्ने प्रतियोगितामा यू-११, यू-१३ ब्वाइज र गर्ल्स र यू-१५ ब्वाइज र गर्ल्स गरि पाँच विधामा जिल्ला/क्लब गरि ८६ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेको आयोजक इनासका प्रोपाइटर राजु बास्तोलाले जाकारी गराए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।