Main

इन्स्टाग्रामको युजरनेम कसरी बदल्ने ?

काठमाडौं । हुन त लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामबारे तपाईं हामीलाई धेरै कुरा बताउनु नपर्ला !

टिकटक प्रतिबन्धपछि ‘रिल्स’को लोकप्रियताले इन्स्टाग्रामसँग हामीलाई झनै परिचित बनाएको छ । ‘रिल्स’आउनुअघि पनि फोटो सेयरिङ एप इन्स्टाग्रामको लोकप्रियता कम थिएन ।

यदि तपाईं पनि इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ तर त्यसमा आफ्नो युजरनेम चित्त नबुझिरहेको हुनसक्छ । यस्तोमा तपाईंले इन्स्टाग्राममा रहेको आफ्नो युजरनेम बदल्न सक्नुहुन्छ । त्यसका लागि निम्नानुसारको विधि अपनाउन सक्नुहुन्छ :

सबैभन्दा पहिले इन्स्टाग्राम एप खोल्नुहोस्,
Edit Profile सेक्सनमा जानुहोस्,
त्यसपछि तपाईंको नामको तलपट्टि इन्स्टाग्रामको आफ्नो Username देखिनेछ,
त्यसमा क्लिक गरेर नाम सम्पादन गर्नुहोस्,
त्यसरी युजरनेम बद्लिसकेपछि त्यसलाई Save गर्नुहोस् । तपाईंले जुन Username छान्नुहुन्छ, यदि त्यसलाई अरु कसैले नलिएको भएमा त्यो तपाईंलाई प्राप्त हुनेछ ।
-एजेन्सी

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button