Main

काभा महिला क्लब भलिबलको उपाधि विजेता नेपाल पुलिस टोली नगदसहित सम्मानित

८ असोज, काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल म्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब नगदसहित सम्मानपत भएको छ ।

शिखर इन्सोरेन्स कम्पनीले च्याम्पियन पुलिस टोलीलाई मंगलबार एक कार्यक्रम आयोजना गर्दै नगद सहित सम्मान गरेको हो ।च्याम्पियन टोलीका खेलाडीलाई जनही ५० हजार १ रुपैयाँ नगद सम्मानपत्र प्रदान प्रदान गरिएको छ ।

यस्तै च्याम्पियनसिपको मोस्ट भ्यालुएबल प्लेअर घोषित उषा भण्डारीले थप मोस्ट भ्यालुएबल प्लेअर वापत थप ५० हजार र उत्कृष्ट आउटसाईड हिटर बनेकोमा ५० हजार थप पाए ।
यस्तै उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले पनि थप ५० हजार नगद प्राप्त गरे ।यस्तै मुख्य प्रशिक्षक रुपेश विष्ट, सहायक प्रशिक्षक सुशिला थापा लगायत अफिसियलले पनि ५० हजार सम्मान प्राप्त गरे ।

खेलाडीहरुलाई शिखर ईन्सुरेन्सका अध्यक्ष गौरव अग्रवाल, प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिप प्रकाश पाण्डे तथा पूर्व मन्त्री तथा नेकपा समाजवादीका नेता रामकुमारी झाँक्री, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलगायतले सम्मान प्रदान गरेका थिए ।

शिखर ईन्सोरेन्सका सिईओ दिप प्रकाश पाण्डेले यो सम्मानको सुरुवात भएको र यसले नेपाली भलिबललाई थोरै भए पनि सहयोग हुने बताए ।यस्तै सम्पूर्ण खेलाठीहरुलाई २ लाख बराबरको मेठिकल ईन्सोरेन्स समेत गर्ने शिखर ईन्सोरेन्सले जनाएको छ ।

माल्दिभ्सको मालेमा शनिबार भएको काभा महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको थियो ।

पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसले अपराजित रहँदै उपाधि जितेको हो ।६ टोली सहभागि च्याम्पियनसिपमा लिगको पाँचै खेल जित्दै पुलिस शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको थियो ।फाईनलमा पनि सोही लय कायम राख्दै पुलिसले हुमोलाई हरायो ।

पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button