इस्लिङ्टन कलेजको ३ दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न

काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ आयोजना गरेको छ ।
१४ देखि १६ अगस्टसम्म सञ्चालन भएको कार्यक्रममा नयाँ पुस्तालाई आईटीसम्बन्धी प्रेरणा र सशक्तीकरण गर्न ‘फ्युचरामा’ आयोजना गरिएको कलेजले जनाएको छ।
सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजको भनाइ छ ।
कार्यक्रममा एआई गगल, स्वचालित सवारीसाधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिएका थियो ।
स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएका हुन जसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गर्दछ ।
प्रदर्शनीमा डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा र एनिमेसनका अनुभवहरू समावेश गरिएको कलेजले जनाएको छ ।
‘फ्युचरामा’ले अन्तरक्रियात्मक बुथ, प्रत्यक्ष प्रदर्शनी र ज्ञानवर्द्धक कार्यशाला मार्फत प्रविधिको भविष्यबारे प्रदर्शन गरिएको थियो ।
साथै युवालाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास प्रदर्शनीमार्फत गरिएको आयोजकको दाबी छ ।
कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको कलेजले जनाएको छ ।
प्रविधिको अतिरिक्त कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको आईएनजी स्किल एकेडेमिककी स्किल सुपरभाइजर स्वेच्छा प्रधानाङ्गले बताइन् ।
आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य राखेको उनको भनाइ थियो ।
गायक पूर्ण राई र द इलिमेन्ट्सको म्यूजिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा २ हजार ५०० जनाभन्दा बढीले महोत्सवको अवलोकन गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।