अमेरिकी डलर उच्च मूल्यमा, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

४ साउन, काठमाडौं । अमेरिकी डलरको भाउ उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ५५ पैसा छ । यो मूल्य हालसम्मकै उच्च हो ।
साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७७ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६१ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७९ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६२ पैसा तोकिएको छ यो अघिल्लो दिनको तुलनामा ३ पैसा बढी हो । रियाल अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो ।
मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ७४ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ६१ पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५२ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ३६ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ ५ पैसा छ भने अस्ट्रेलियन डलरको ९० रुपैयाँ ४१ पैसा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।