Main

विज्ञानको ह्याट्रिकमा एनआरटीको जित

२० साउन, काठमाडौं । कप्तान विज्ञान खड्काले ह्याट्रिक गरेपछि न्यूरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यू–१८ युथ लिगमा आइतबार त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

विज्ञानको ह्याट्रिक मद्दतमा एनआरटीले आर्मीलाई ४–२ ले पराजित गर्‍यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि विज्ञानले २८ औँ, ४२ औँ र ९० औँ मिनेटमा गोल गरे । त्यसअघि सन्तोष गोङ्वाले २२ औं मिनेटमा गोल गरेका थिए ।

आर्मीका लागि भुवन कामीले ४५ औँ र अनुभव पुरीले ६८ औँ मिनेटमा गोल गरे ।

७ खेलमा पाँचौं जित हात पारेको एनआरटी १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पाँचौँ हार व्यहोरेको आर्मी समान खेलबाट ४ अंकका साथ १० औँ स्थानमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button