एआईजी ज्ञवालीले पाए अवकाश

२५ भदौ, काठाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै एआईजी ज्ञवालीलाई बिदाइ गरेका हुन् ।
बिदाई समारोहलाई सम्बोधन गर्दै आईजी कुँवरले सेवा निवृत्त हुन लागेका एआईजी ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे ।
कार्यक्रममा ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए । ज्ञवाली ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २६ भदौबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
बिदाई कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।