एट्लेटिकोको पोष्टमा बार्सिलोनाको ३ गोल

५ चैत, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ । यो जितले बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्कलेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक छ । उसले जिरोनालाई २ अंकले पछि पारेको छ ।
जिरोनाको समान खेलबाट ६२ अंक छ । रियल मड्रिड २९ खेलबाट ७२ अंकसहित शीर्ष स्थानमा छ ।
एट्लेटिकोको मैदानमा बार्सिलोनालाई सानदार जित दिलाउन रोवर्ट लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरे । एक गोल गरेका उनले दुई असिस्ट गरे । बार्सिलोनाका लागि जाओ फेलिक्सले लेवान्डोस्कीकै पासमा ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । लेवान्डोस्कीले ४७औं मिनेटमा राफिन्हाको पासमा गोल गरे ।
फर्लिन लोपेजले पनि लेवान्डोस्कीकै पासमा ६३औं मिनेटमा गोल गरे ।
बार्सिलोनाका प्रशिक्षक जाभी ४२औं मिनेटमा रातो कार्ड सामना गर्द मैदान बाहिरिएका थिए । यस्तै एट्लेटिकोका खेलाडी नाहुल मोलिनाले पनि इन्जुरी टाइममा रातो कार्डको सामना गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।