उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)
२६ कात्तिक, काठमाडौं। स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारलाई तोकिएको आयोगले जानकारी गराएको छ।
ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई तोकिएको छ । किर्तिपुर नगरपालिकामा सर्वोच्च अदालतको उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
यस्तै दैलेखको महाबु पालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिकृत तोकिएको छ ।
३० कात्तिकमा सम्बन्धित स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ । दुई जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख सहित १६ मंसिरमा निर्वाचन हुँदैछ ।
हेर्नुहोस् निर्वाचन अधिकृत अधिकृतहरुको सूची :
– यस समाचारको श्रोत : Online Khabar हो ।