Main
एडीबीको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री जर्जिया जाने

२९ फागुन, काठमाडौं । एसियाली विकास बैंकको ५७ औं वार्षिक बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री वर्षमान पुन सहभागी हुने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०–२३ वैशाखसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एडीबीको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको हो ।
बैठकले संयुक्त राष्ट्र संघ मातहतको ‘सीएसडब्यू’ को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।