Main

एन्ड्रोइड फोनमा फ्याक्ट्री रिसेट कसरी गर्ने ?

यदि तपाईंले आफ्नो फोनका डेटाहरूलाई पूर्णरुपमा मेटाउन चाहनुहुन्छ भने त्यसका लागि फ्याक्ट्री रिसेट गर्नुपर्छ । यसो गर्दा फोनमा रहेका सबै विवरणहरू मेटाएर फोनलाई सफा बनाउँछ ।

फ्याक्ट्री रिसेट गर्दा फोनमा रहेका सबै नचाहिने एप तथा मालवेयर हट्छन् भने फोनको स्टोरेज पनि खाली हुन्छ। पुरानो फोनलाई पुनर्जिवन दिनका लागि मात्रै होइन कसैलाई बेच्नु परेमा वा दिनुपरेमा पनि यो प्रक्रिया उपयोगी हुन्छ ।

Settings बाट फ्याक्ट्री रिसेट कसरी गर्ने ?

Factory Reset सुरु गर्नुअघि आफ्नो फोनका सबै डेटाहरू ब्याकअप राखेको तथा फोनमा पर्याप्त ब्याट्री भएको कुरामा निश्चित हुनुहोस् । यसका लागि देहाय बमोजिम गर्नुपर्छ :

फोनको setting एप खोल्नुहोस् र System अप्सनमा जानुहोस्
त्यसपछि स्क्रोलडाउन गरी Reset अप्सनमा गएर त्यसमा ट्याप गर्नुहोस्
त्यहाँ उपलब्ध Erase  all data वा Factory Reset अप्सन छान्नुहोस्
पिन नम्बर मागेमा हाल्नुहोस् र फ्याक्ट्री रिसेट प्रक्रियालाई पूरा गर्नुहोस् ।

Recovery बाट फ्याक्ट्री रिसेट कसरी गर्ने ?

सफ्टवेयरको समस्याका कारण फोनको सेटिंग्स अप्सनमा जान नसकिएमा तपाईंले Recovery Mode को प्रयोग गरेर पनि फ्याक्ट्री रिसेट गर्न सक्नुहुन्छ। यसका लागि :

फोन स्विचअफ गर्नुहोस्
त्यसपछि फोनको Power र Volume Down बटनलाई एकसाथ थिच्नुहोस् र त्यसोग र्दा फोन Recovery  जान्छ ।
भोल्यूम बटनबाट भाषा छनोट गरी पावर बटन थिच्नुहोस्
Wipe data अप्सनमा गई Format Data छान्नुहोस्
त्यहाँ भेरिफिकेसन कोड मागिएमा हाल्नुहोस् र डाटा फर्म्याट गर्नुहोस्

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button