Main
एमबाप्पेको २ गोलमा पीएसजी क्वाटरफाइनलमा

२३ फागुन, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस क्लब रियल सोसिडाडलाई दोस्रो लेगमा २-१ ले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समग्रमा ४-१ को जितसहित युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सोसिडाडको मैदानमा भएको खेलमा पीएसजीका लागि एमबाप्पेले १५औं र ५६औं मिनेटमा गोल गरे ।
सोसिडाडका लागि मिकेल मेरिनोले ८९औं मिनेटमा एक गोल फर्काए । तर, पहिलो लेगमा २-० को जित हात पारेको पीएसजी समग्रमा ४-१ ले विजयी हुँदै अन्तिम ८ मा पुगेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।