Main
एमालेले बोलायो सचिवालय बैठक

२३ असार, काठमाडौं । नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।
नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ ।
आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो ।
यो बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।