Main

इन्फिनिक्सको जीटी २० प्रो सार्वजनिक

काठमाडौं । इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार जीटी २० प्रो स्मार्टफोनको मूल्य १२ प्लस २५६ जीबीका लागि ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

नजिकको मोबाइल  आउटलेट र अनलाइनमा दराज मार्फत यो मोबाइल खरिद गर्न सकिने छ ।

यो नयाँ स्मार्टफोनले उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्ने दाबी कम्पनीको छ ।

पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा आवश्यक पर्ने उपकरणहरू यस फोनमा जडान गरिएको कम्पनीको भनाइ छ ।

अद्वितीय प्रदर्शन

कम्पनीका अनुसार जीटी २० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम अक्ट कोरको साथ उपलब्ध हुन्छ । यसले उच्च प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्दछ । यसको एन टु टु स्कोर ९५० के प्लसभन्दा बढी छ ।

१२० एफपीएसलाई समर्थन

इन्फिनिक्स जीटी २० प्रोले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ । यो १४४ हर्ज उच्च रिफ्रेस दर र १२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउने कम्पनीको भनाइ छ।

साइबर मेका डिजाइन २.०

कम्पनीका अनुसार जीटी २० प्रो स्मार्टफोन “आउटलेयिङ दी रेस्ट” को भावना अपनाउँदै डिजाइन गरिएको छ । ‘साइबर मेका डिजाइन २.०’ अवधारणाबाट प्रेरित यस स्मार्टफोनमा तिरछा रेखा, सूचनाका लागि मेका लुप लाइटिङ र मेका बनोवट रहेको छ । यो मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर रंगहरूमा उपलब्ध छ ।

समर्पित गेमिङ डिस्प्ले चिप

इन्फिनिक्सले पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स५ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ, जसले पब्जी मोबाइलका लागि ९० एफपीएस  र १२० एफपीएस समर्थन, सुधारिएको रिजोल्युसन, सधैं-चालु एचडीआर र कम-विलम्बता एमईएमसी प्रविधि जस्ता सुविधाहरू प्रदान गर्दछ । यसले विना लग वा स्टटर उत्कृष्ट गेमिङ अनुभव सुनिश्चित गर्दछ।

उन्नत गेमिङ प्रविधि

जीटी २० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५डब्लु सुरक्षित चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू रहेका छन् । इन्फिनिक्सको भीसी च्याम्बर कुलिङ प्रविधिले तीव्र गेमिङका क्रममा थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ ।

ब्लोट-रहित सफ्टवेयर अनुभव

जीटी २० प्रोले एन्ड्रोइड १४ आधारित एक्सओएस १४ मा चल्ने भएकोले न्यूनतम पूर्व-स्थापित एप, तीन वर्षको सुरक्षा प्याच अपडेट र दुई एन्ड्रोइड अपग्रेडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

व्यावसायिक-ग्रेड क्यामेरा प्रणाली

कम्पनीका अनुसार जीटी २० प्रोमा १८० एमपी ओआईएस मुख्य सेन्सर, २एमपी टेलिफोटो लेन्स र २एमपी म्याक्रो लेन्स सहितको क्वाड-क्यामेरा सेटअप रहेको छ। ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फी र उच्च-गुणस्तरीय भिडियो कल सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

जीटी २० प्रोमा १५ महिनाको वारेन्टी हुने इन्फिनिक्स मोबाइलले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button