Main
एसएसपी रजौरेले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

१६ वैशाख, काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट अपराध अनुसन्धान विभागबाट काठामडौंको एसएसपीमा सरुवा भएका रजौरेले आइतबार जिम्मेवारी सम्हालेका हुन् ।
गत शुक्रबार मात्रै रजौरलाई काठमाडौंको एसएसपीमा सरुवा गरिएको थियो ।
आइतबार नै रजौरेको ठाउँ अपराध अनुसन्धान विभागमा सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीको पनि बिदाई गरिएको छ ।
८ महिना परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका खत्रीको शुक्रबार नै रजौरेको ठाउँमा सरुवा गरिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।