Main

एसिया ट्रायथलन कङ्ग्रेसबाट सिनियर सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

२१ जेठ, काठमाडौं । एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपालका निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ ।

साउदी अरबको रियादमा भएको सो सभामा नेपालबाट नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले सहभागिता जनाएका थिए । जुन १ मा सुरु भएको सो कङ्ग्रेस जुन ४ तारिखमा सम्पन्न हुनेछ ।

सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज एसिया ट्रायथलनको अध्यक्ष चुनिएका थिए ।

चुनावपछिको पहिलो बैठकमा अध्यक्ष अल्दुल अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका थिए ।

जसलाई साउदी अरबको रियादमा भएको एसिया ट्रायथलनको कङ्ग्रेसले अनुमोदन गरेको हो । श्रेष्ठ दक्षिण एसियाली ट्रायथलन संघका अध्यक्ष, विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button