Main
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि लिएर स्वदेश फर्कियो नेपाली टोली
२२ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।