Main

यी हुन् यस वर्ष नेटफ्लिक्समा आउने प्रतीक्षित कोरियाली फिल्म र सिरिज

काठमाडौं । सन् २०२३ मा नेटफ्लिक्समा दक्षिण कोरियाली फिल्म र सिरिजको दबदबा देखियो । सन् २०२४ पनि कोरियाली फिल्म र सिरिजमय हुने देखिएको छ ।

सन् २०२४ मा केही प्रतीक्षित कोरियाली फिल्म र सिरिज नेटफ्लिक्समा आउँदैछन् । फेब्रुअरी ९ मा नेटफ्लिक्स ओरिजिनल सिरिज ‘अ किलर प्याराडक्स’को सिजन १ स्ट्रिमिङ हुँदैछ ।

आठ एपिसोड रहेको यो सिरिज थ्रिलर जनरामा आधारित छ । चोई वू शिक र सन शूक कू लगायतको यसमा शीर्ष भूमिका छ । यस वर्ष नेटफ्लिक्समा आउँदै गरेका रोमाञ्चक सिरिजमध्ये यो एक हो, जुन सुपरहिट वेबटुन ‘अ किलर प्याराडक्स’को रुपान्तरण हो ।

‘माइ नेम इज लोह किवान’ नेटफ्लिक्सको ओरिजिनल सिरिज हो, जुन मार्च १ मा स्ट्रिमिङ हुँदैछ । यो रोमान्टिक मेलो-ड्रामाको लम्बाइ १३१ मिनेट छ । किम हि जिन निर्देशित यो फिल्ममा सन जोङ की र चोइ सुङ युनको प्रमुख भूमिका छ ।

यो फिल्मको सिनोप्सिस छ- किवान उत्तर कोरियाबाट भागेर बेल्जियममा पुगेको छ, जहाँ उसले शरणार्थी स्टाटसको दाबी गर्छ । त्यहाँ उसको भोट बाँच्ने इच्छा नभएकी महिला मेरीलाई भेट्छ । कथाले रोचक रुप लिन्छ ।’

मार्च ९ मा नेटफ्लिक्स ओरिजिनल सिरिज ‘क्वीन अफ टियर्स’ रिलिज हुँदैछ । १६ एपिसोडको हुने यो पहिलो सिजन हो । यो के-ड्रामा कमेडी, ड्रामा र रोमान्समा आधारित छ । किम सु ह्युन र किम जी बोन लगायतको प्रमुख अभिनय छ ।

अर्को नेटफ्लिक्स सिरिज ‘चिकन नगेट’को पहिलो सिजन पनि मार्चभित्रै रिलिज हुनेछ । कमेडी र थ्रिलर जनराको यो सिरिजको पहिलो सिजनमा १२ एपिसोड छन् ।

क्वार्टर २ (अप्रिलदेखि जुनसम्म) ड्रामा-मिस्ट्री र थ्रिलर नेटफ्लिक्स सिरिज ‘द एट शो’को पहिलो सिजन सुरु हुँदैछ । क्वार्टर २ मै नेटफ्लिक्स ओर्जिनल ‘प्यारासाइट : द ग्रे’ स्ट्रिमिङ हुनेछ । दोस्रो क्वार्टरमै एक्सन–हरर–साइन्स फिक्सन सिरिज ‘स्वीट होम’को तेस्रो सिजन पनि आउनेछ ।

यसै अवधिमा अर्को सिरिज ‘रेसिडेन्ट प्लेब्याक’को पहिलो सिजन आउनेछ । मिस्ट्री–रोमान्स–युथ ड्रामा ‘हाइआर्की’को पहिलो सिजन पनि क्वार्टर २ मै आउनेछ ।

क्वार्टर३ मा केके आउनेछन् ?

तपाईंले यसअघि एक्सन–थ्रिलर र साइन्स फिक्सन ‘गियोङसियोङ क्रिएचर’ सिरिज हेर्नुभएको छ भने दोस्रो सिजन रोचक हुनसक्छ । दोस्रो सिजन तेस्रो क्वार्टरमा आउनेछ । यही अवधिमा पोलिटिकल ड्रामा ‘द विह्लवाइण्ड’को पहिलो सिजन आउनेछ ।

जेसन किम निर्देशित एक्सन–कमेडी फिल्म सन् २०२४ को डिसेम्बरमा आउने चर्चा छ । नयाँ सिरिज ‘द फ्रग’को पहिलो सिजन तेस्रो क्वार्टरमा आउनेछ । यो सिरिजलाई चर्चित सिरिज ‘द वर्ल्ड अफ द म्यारिड’का निर्देशक मो वानले निर्देशन गरेका हुन् ।

क्वार्टर४ मा केके आउनेछन् ?

के–ड्रामा ‘मिस्टर प्ल्यांकटन’को पहिलो सिजन पनि आउँदैछ । यो सिरिज कमेडी र रोमान्स ड्रामा जनरामा आधारित छ । सन् २०२४ दक्षिण कोरियामा ब्लकबस्टर भएको फिल्म ‘द ग्रेट फ्लोड’ क्वार्टर ४ मा स्ट्रिमिङ हुनेछ । ड्रामा–हिस्टोरिकल र वार फिल्म ‘अपराइजिङ’ यही अवधिमा आउनेछ ।

नेटफ्लिक्स ओर्जिनल सिरिज ‘हेलबाउण्ड’ हरर–ड्रामा जनराको हो, जुन लागूऔषध स्क्यान्डलको कथावस्तुमा आधारित छ । अर्को कोरियाली रोमान्टिक ड्रामा ‘द ट्रंक’को सिजन १ स्ट्रिमिङ हुनेछ ।

मिति तय नभएका अन्य प्रतीक्षित

नेटफ्लिक्सको चर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन वर्ष २०२४ भित्रै आउनेछ । ‘एमा’को पहिलो सिजन पनि यसैवर्ष आउनेछ । ‘एन जुङ एण्ड साङ योन’को पहिलो सिरिज, ‘एभ्रिथिङ विल कम ट्रु’को पहिलो सिजन, ‘होङ राङ’को पहिलो सिजन, ‘क्वीन अफ द सिन’को पहिलो सिजन पनि यसैवर्ष आउनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button