ओलम्पिक बक्सिड छनोट प्रतियोगितामा चन्द्रको विजयी शुरुवात

२० फागुन, काठमाडौं । नेपाली बक्सर चन्द्र बहादुर थापाले फ्रान्सको पेरिसमा हुने ३३औ ग्रीस्मकालीन ओलम्पिकको प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
इटलीको मिलानमा सुरु भएको ओलम्पिक क्वालिफाइङ बक्सिङ प्रतियोगितामा नेपाली खेलाडी चन्द्र बहादुर लामाले पुरुष ५१ केजीमा पहिलो खेल जितेका हुन् ।
चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई ३-२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै विजयी शुरुवात गरेका नेपाल बक्सिङ संघले जनाएको छ ।
थापाको अर्को भिडन्त भियतनाम र क्यानडाविचका विजयी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्टमा फाइनल पुग्ने खेलाडी ओलम्पिकमा छनोट हुनेछन् ।
यस्तै अर्का नेपाली खेलाडी अन्जली तेलीले महिला ५४ किलो तौल समुहमा मार्च ४ मा पोल्याण्डका खेलाडी द्राविक सान्द्रासंग प्रतिस्पर्धा गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।