Main
कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

१३ असोज, कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका-४ डाँडाजाइका ५० वर्षीय रामदल रानाको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।
किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए ।
घटनास्थलतर्फ प्रहरी गइसकेका उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।