Main
कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित

२२ चैत, काठमाडौं । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ ।
बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् ।
यस मोडयुलबाट जुनसुकै देशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मिति प्रयोग गरी नजिकको नेपाली दूतावास वा नियोगको वेबसाइटमार्फत आफ्नो समस्या वा गुनासो राख्न सक्नेछन् ।
विभागका अनुसार उक्त समस्याको कार्य प्रगतिको बारेमा समेत व्यक्ति स्वयम्ले राहदानी नम्बरमार्फत जानकारी पाउन सक्नेछन् । यो सेवा प्रयोग गर्नको लागि छुट्टै युजर आइडी, पासवार्ड वा इमेलको आवश्यकता पर्दैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।