Main

कमेडी सिरियल ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै शिवहरि

काठमाडौँ । हाँस्य कलाकार शिवहरि पौडेलले कमेडी सिरियल ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’को निर्देशन गर्ने भएका छन् ।

आमा बङ्गलामुखी फिल्म प्रालिको निर्माण हुने सिरियलको लेखन तथा निर्देशन पनि पौडेलले नै गर्नेछन् । पौडेल र खेम शर्माको शीर्ष अभिनय रहने सिरियलमा अन्य नयाँ कलाकार पनि छन् ।

समसामयिक र राजनीतिक कथावस्तुमा सिरियल बन्न लागेको हो । दर्शकलाई नयाँ स्वाद दिने उद्देश्यले सिरियल निर्देशनमा आउन लागेको पौडेलले बताए । ‘केही नयाँ स्वाद दिनुपर्छ भनेर म नयाँ कलाकार लिँदैछु’ उनले भने ।

उनले यसअघि ‘खुराफाती कूलबहादुर काका’ नामक सिरियल निर्देशन गरेका थिए । नेपाल टेलिभिजनको हाँस्यश्रृंखला ‘जिरे खुर्सानी’बाट चर्चित उनी फिल्म ‘लक्का जवान’ निर्देशन गरेका थिए ।

उक्त कमेडी फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलीप रायमाझी, प्रियङ्का कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी लगायतको अभिनय थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button