Main
राप्ती नदीमा फसेका व्यक्तिको उद्दार

२ भदौ, काठमाडौं । राप्ती नदीमा फसेका एक व्यक्तिको उद्दार गरिएको छ ।
दाङको राप्ती गाउँपालिका–३ खुरुरियाका १३ वर्षीय सुधन चौधरीको सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो ।
आइतबार दिउँसो साढे ३ बजेतिर खुरुरियास्थित राप्ती नदीको झोलुङ्गे पुलटबा उनी खसेका थिए । दाउरा निकाल्ने क्रममा नदिको बीच भागको टापुमा उनी खसेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट र ज्वालामाई गण सशस्त्र भालुवाङबाट उद्दारका लागि टोली खटिएको थियो ।
चौधरीलाई १ घण्टापछि साढे ४ बजे उद्दार गरिएको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।