Main
एमाले गुल्मीको जिल्ला अधिवेशनको आजदेखि

२९ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनको आजदेखि सुरु हुँदैछ ।
बुधबारसम्म चल्ने जिल्ला अधिवेशनको तयारी पूरा भएको नेकपा एमाले गुल्मीका सचिव एवम् प्रचारप्रसार विभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।
जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको लागि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, गुल्मी जिल्ला इन्चिार्ज सूर्य थापा केन्द्रीय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागी हुनेछन् ।
अधिवेशनमा जिल्लाभरबाट करिब ७०० प्रतिनिधि सहभागी हुने सचिव श्रीपालीले बताए ।
अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।
गुल्मीमा १० हजार बढी संगठित सदस्य रहेको एमालेको दाबी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।