Main

कर्णाली र बागमती विजयी

१० वैशाख, काठमाडौं । कर्णाली प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । चार खेलमा तेस्रो जित हात पार्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरले पराजित गर्‍यो ।

मुलपानी माथिल्लो मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

कर्णालीको इनिङमा खेलको प्लेयर अफ दि म्याच चुनिएका ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाए । रविन्द्रजंग शाहीले ३३ तथा दिनेश अधिकारीले अविजित २९ रनको योगदान गरे । गण्डकीका सबै ४ विकेट अमृत गुरुङले लिए ।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १६३ रन मात्र बनायो । गण्डकीका ओपनर अर्जुन कुमालले सर्वाधिक ७० रन प्रहार गरे । सन्दिप खत्रीले इनिङको अन्त्यतिर ११ बलमा अविजित १९ रन बनाएपनि जितका लागि पर्याप्त भएन । कर्णालीका दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले समान १÷१ विकेट हात पारे ।

त्यस्तै बागमतीले लुम्बिनी प्रदेशलाई २५ रनले हराउदै अंक तालिकाको शिर्ष स्थान ओगटेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउर्दै १६२ रनको योगफल खडा गर्‍यो ।

बागमतीका लागी कप्तान रित गौतमले सर्वाधिक ५६ रन बनाए । रामनरेश गिरिले अविजित २८ रन र शुभ कंसाकारले १९ रन बटुले । लुम्बिनीका नरबहादुर सार्कीले ४ तथा कप्तान देव खनालले २ विकेट चट्काए ।

लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट नोक्सानीमा १३७ रनमा अलआउट हुन पुग्यो । लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३८ तथा सुनिल भण्डारीले ३४ रन बनाए ।

बलिङ्गमा रिजन ढकालले सर्वाधिक ३, रामनरेश गिरी र ईशान पाण्डेको नाममा समेत १÷१ विकेट रह्यो । खेलको प्लेयर अफ दि म्याच बागमतीका रित गौतम चुनिएपनि रितले सो अवार्ड रिजन ढकालसंग बाँडेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button