Main

‘कल्ली’बाट अभिनयमा पुनरागमन गर्दै उत्तम प्रधान

काठमाडौं । अभिनेता उत्तम प्रधान दशकपछि कथानक फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनले बनाउन लागेको आगामी फिचर ‘कल्ली’मा उनी अनुबन्धित भएका हुन् ।

निर्मातासँग उनले बुधबार लिखित समझदारी गरेका छन् । उनको चरित्रलाई लिएर खुलाइएको छैन । असोज पहिलो साता काठमाडौंमा आइपुगेका उनले ‘दर्पणछायाँ’ को-स्टार निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

निरुताले निर्माण गर्न लागेको आगामी एक फिल्ममा समेत उत्तमले खेल्ने तयारी छ । डेब्यु फिल्म ‘दर्पणछायाँ’पछि प्रधान यसको दोस्रो श्रृंखलामा ‘क्यामियो’ रोलमा देखिए । त्यसयता उनी गृहथलो सिक्किममै ब्यापार व्यवसायमा संलग्न रहे ।

निर्माता किरण नेपाली र निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर प्रधानलाई अनुबन्धित गरेको तस्वीर प्राप्त भएको छ । ‘लामो समयपछि फिल्ममा फर्किने अवसर पाउँदा खुसी छु’ उनले भने ।

फिल्ममा ‘पूर्णबहादुरको सारंगी’ फेम्ड महेश दवाडीको पटकथा र संवाद हुनेछ । आगामी नयाँवर्षको छेकोमा चैत २९ गते फिल्मको प्रदर्शन मिति तोकिएको छ ।

कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन हुने जनाइएको छ । ‘कल्ली’मा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल अनुबन्धित छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button