भ्वाइसको ग्राण्ड फिनालेमा झुम्यो गोदावरी (तस्वीर)

काठमाडौं । भ्वाइस अफ नेपालको सिजन ५ ले नयाँ विजेता प्राप्त गरेको छ । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित समारोहमा इलामका बिनोद राईले ट्रफी उचाले ।
तीन घण्टा चलेको भ्वाइसको ग्राण्ड फिनालेमा अन्तिम १२ प्रतिस्पर्धीको सांगीतिक प्रस्तुति, फ्यानको चिच्याहट र संगीतका चर्चित व्यक्तिको प्रस्तुतिको मिश्रण थियो ।
भ्वाइसप्रतिको दर्शकीय क्रेज गोदावरीमा पोखिएको थियो । तीन हजार दर्शक अटाउने सनराइज हल खचाखच रह्यो । नेपाली रियालिटी शोको फिनालेमा यतिविधि दर्शकको सहभागिता कमै देखिन्छ जुन यसपटक गोदावरीमा देखियो ।
भ्वाइसका पहिलो बिजेता सीडी विजय अधिकारीदेखि चर्चित लोक तथा दोहोरी गायक राजु परियारदेखि बद्री पँगेनीसम्मले सांगीतिक प्रस्तुति दिए । भ्वाइसको मंचमा हिमालय टेलिभिजनका आगामी सिरिज र रियालिटी शोहरुको पनि घोषणा भएको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।