Main

कहिले आउँछ अमेरिकी राष्ट्रपति चुनावको अन्तिम नतिजा ? 

२१ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी छ । कैयौं राजयमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् ।

अमेरिकामा मतदाताको प्रत्यक्ष भोटबाट राष्ट्रपति चुनिंदैनन् । त्यसैले यहाँ चुनावी नतिजा आउन समय लाग्छ ।

अन्तिम नतिजा कहिले ?

अमेरिकाको वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यसैले धेरै राज्यमा जितको अन्तर कम हुने अनुमान गरिएको छ ।

यस्तो अवस्थामा पुनः मतगणना हुने सम्भावना पनि कायम रहन्छ । यस वर्ष केही नतिजा ढिलो आउने सम्भावना छ । किनकि सन् २०२० पछि कैयौं राज्यमा चुनावी प्रक्रियामा परिवर्तन गरिएको छ । जस्तो कि मिसिगन जस्तो ठाउँमा मतगणना तीव्र छ ।

साथै, कोभिड महामारीको बेला भएको चुनावको तुलनामा यसपटक एकदमै कम भोट हुलाकमार्फत् आएको छ । यसको अर्थ विजेताको नाम घोषणा चुनावको राति, भोलिपल्ट बिहान वा केही हप्ता पछिसम्म पनि धकेलिन सक्छ ।

सन् २०२० मा कहिले आएको थियो नतिजा ? 

सन् २०२० मा राष्ट्रपति चुनाव ३ नोभेम्बरमा भएको थियो तर अमेरिकी टिभी च्यानलहरूले नोभेम्बर ७ को बिहानसम्म जो बाइडेनलाई विजयी घोषणा गरिसकेका थिएनन् ।

मतदानको राति ट्रम्प समर्थकलाई जितको विश्वास थियो । यद्यपि दुवै उम्मेदवारले जितका लागि आवश्यक २० इलेक्टोरल भोट पाउने सम्भावना थियो ।

त्यतिबेला धेरैजसो राज्यले २४ घन्टाभित्र नतिजा घोषणा गरेका थिए । तर पेन्सिलभेनिया र नेवाडा जस्ता प्रमुख राज्यमा नतिजा घोषणामा ढिलाइ भएको थियो । पेन्सिल्भेनिया आफ्नो १९ इलेक्टोरल भोटका साथ डेमोक्रेटिक पार्टीतर्फ झुकेको देखिएको थियो ।

योसँगै ७ नोभेम्बरको बिहान भएको मतगणनाले टीभी च्यानलहरूलाई बाइडेनले जित्ने विश्वास दिलाएको थियो ।

सीएनएनले सबैभन्दा पहिला नतिजा घोषणा गरेको थियो । त्यसको १५ मिनेट पछि बाँकी च्यानलहरूले बाइडेनलाई राष्ट्रपति घोषणा गरेका थिए ।

विजय कहिले घोषणा हुन्छ ?

सामान्यतया, अमेरिकामा मतदाताहरूले आफ्नो नयाँ राष्ट्रपतिको नाम चुनावको रात वा भोलिपल्ट बिहान मात्र थाहा पाउनेछन्।

उदाहरणका लागि, २०१६ मा ट्रम्प पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेपछि चुनावको भोलिपल्ट बिहान ३ बजेसम्म नै उनलाई विजयी घोषणा गरिएको थियो।

सन् २०१२ मा बाराक ओबामा दोस्रो पटक राष्ट्रपति बन्दा मतदानको दिन मध्यरात अघि उनको जितको अनुमान गरिएको थियो ।

तर सन् २००० मा जर्ज डब्लु बुश र एल्गोर बीचको चुनावमा यस्तो भएन।

उक्त चुनावमा फ्लोरिडामा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो र १२ डिसेम्बरसम्म विजयीको नाम घोषणा गरिएको थिएन।

यसपछि अमेरिकी सर्वोच्च अदालतले उक्त राज्यमा पुनः मतगणना रोक्न आदेश दिंदै बुसलाई विजयी घोषणा गरेको थियो ।

सबैको ध्यान तान्ने राज्यहरू

कमला हैरिस और डोनाल्ड ट्रंप

अमेरिकामा सात स्विङ स्टेटको परिणामले चुनावमा जितको निर्णय गर्नेछन्। यी स्विङ राज्यहरू एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन हुन्।

जर्जिया र केही अन्य राज्यहरूमा मतदान समाप्त भएपछि अमेरिकी टिभी च्यानलहरूले त्यहाँको मतदानको प्रवृतिहरू देखाउन सुरु गर्न सक्छन् ।

चुनावी नतिजा आउन किन ढिलाइ हुन सक्छ ?

चुनावी नतिजामा थोरै भिन्नता देखिएमा मिडिया च्यानलहरूले चुनावी परिणामको भविष्यवाणी गर्नुअघि लामो समय कुर्नुपर्ने हुन सक्छ। जसका कारण पुनः मतगणनाको जोखिम र कानुनी चुनौती पनि बढ्न सक्छ ।

उदाहरणका लागि, पेन्सिलभेनियामा यदि विजयी र हार्ने उम्मेद्वारहरूको भोटहरू बीच आधा प्रतिशत बिन्दुको भिन्नता भयो भने पूरै राज्यमा मतहरूको स्वचालित मतगणना पुनः सुरु हुन्छ। सन् २०२० मा यहाँको भिन्नता १.१ प्रतिशत मात्र थियो।

देभरी चुनाव अघि नै १०० भन्दा बढी मुद्दा परिसकेका छन् जसमा रिपब्लिकन पार्टीको तर्फबाट धेरै चुनाव सम्बन्धी उजुरीहरू समावेश छन्। यी मुद्दाहरूमा निरन्तर आउने निर्णयहरूले राष्ट्रपतिको प्रतिस्पर्धालाई दिनहुँ रोचक बनाइरहेको छ ।

त्यस्तै, मतदान केन्द्रहरूमा चुनाव-सम्बन्धित हिंसा र भोट गणनामा अवरोधहरूले पनि परिणाम घोषणा गर्न ढिलाइ हुन सक्छ । जस्तै सन् २०२० मा जर्जियाको मतदान केन्द्रमा पानीको पाइप फुटेपछि मतगणना प्रभावित भएको थियो।

चुनावी नतिजालाई चुनौती दियो भने के हुन्छ ?

प्रत्येक मतलाई अन्तिम नतिजामा समावेश गरिसकेपछि र पुन: गणना जस्ता प्रक्रियाहरू पूरा भइसकेपछि, निर्वाचन परिणामहरू पहिले स्थानीय अदालतहरू र त्यसपछि राज्य अदालतहरूद्वारा प्रमाणित हुन्छन् ।

त्यसपछि, राज्य कार्यपालिकाका प्रतिनिध सामान्यतयाः गभर्नरले इलेक्टोरल कलेजमा आफ्नो राज्यको प्रतिनिधित्व गर्नेहरूलाई प्रमाणित गर्छन् । उनीहरूले १७ डिसेम्बरमा आफ्नो-आफ्नो राज्यमा मिलेर मतदान गर्छन् र त्यसलाई वासिङ्गटन पठाउँछन् ।

त्यसपछि अर्को महिलाको सुरुमा एक नयाँ अमेरिकी कांग्रेस चुनावको मतगणनाको लागि बैठक गर्छन् र त्यसको अध्यक्षता बहालवाला उपराष्ट्रपतिले गर्ने प्रचलन हुन्छ ।

सन् २०२० मा ट्रम्पले हार स्वीकार्न अस्वीकार गरे। उनले उपराष्ट्रपति माइक पेन्सलाई नतिजा अस्वीकार गर्न आग्रह गरे तर पेन्सले ट्रम्पको आग्रहलाई टेरेनन् ।

दंगा शान्त भएपछि र कांग्रेसले फेरि बैठक गरे पनि १४७ रिपब्लिकनले ट्रम्पको पक्षमा मतदान गरे, तर त्यसको कुनै नयाँ नतिजा दिन सकेन ।

त्यसबेलादेखि, अमेरिकामा धेरै चुनावी सुधारहरू भएका छन्, जसले प्रमाणित परिणामहरूमा आपत्ति जनाउन गाह्रो बनाएको छ। यी बदलावहरूले उपराष्ट्रपतिलाई चुनावी मतलाई एकतर्फी रूपमा बेवास्ता गर्ने अधिकार नभएको पनि स्पष्ट पारेको छ।

तैपनि स्थानीय र प्रदेश तहमा राष्ट्रपति निर्वाचनलाई मान्यता दिन ढिलाइ गर्ने प्रयास हुनसक्ने निर्वाचन पर्यवेक्षकहरूले मत राखेका छन् । चुनावी नतिजामाथि शंका गर्न धेरै समूह तयार हुने उनीहरूको भनाइ छ ।

ट्रम्प र उनीसँगै उपराष्ट्रपतिको दौडमा रहेका जेडी भान्स र रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूले कैयौं सन्दर्भमा ट्रम्प हारेमा चुनावको नतिजा स्वीकार गर्ने कुरा गर्न अस्वीकार गरेका छन्।

नयाँ राष्ट्रपतिले कहिले सम्हाल्छन् जिम्मेवारी ? 

नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोह जनवरी २०, २०२५ मा यूएस क्यापिटल कम्प्लेक्सको मैदानमा हुनेछ।

अमेरिकाको इतिहासमा यो ६०औँ राष्ट्रपतिको सपथ ग्रहण समारोह हुनेछ । उक्त समारोहमा नयाँ राष्ट्रपतिले अमेरिकी संविधानलाई कायम राख्ने सपथ लिनेछन् र त्यसपछि देशका जनतालाई सम्बोधन गर्नेछन् ।

बीबीसी हिन्दीबाट

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button