Main
कांग्रेसको कार्यबाहक सभापतिमा खड्का
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।