Main
कांग्रेसले मंगलबार बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१८ चैत, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।