Main
कांग्रेस कार्यसमिति बैठक जारी
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने छ । यसका साथै स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।