कांग्रेस महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिमा लगिने

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित भएका सबै प्रतिवेदनलाई केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने भएको छ ।
महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार प्रसार समितिका उपसंयोजक मीन विश्वकर्माले सर्वसम्मत पारित भएको जानकारी गराए ।
‘प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रुप दिने गरी तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ’, निर्णय सार्वजनिक गर्दै भनिएको छ ।
महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक समापन गर्ने क्रममा केन्द्रीय समितिले परिमार्जनसहित प्रतिवेदनहरु पारित हुने बताए ।
साथै, उपसभापति पूर्णबहादुर खड्काले बैठकमा एउटा मात्रै निर्णय गरिएको र प्रतिवेदनहरु परिमार्जन सहित केन्द्रीय समितिले पारित गर्ने जानकारी गराए ।
सोमबार देखि सुरु भएको भएको महासमिति बैठक सोमबार सकिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।