Main

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सम्झौता पत्र सार्वजनिक गर्न समाजवादी सांसदको माग

४ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहोराले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भएको सम्झौता पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले आफूलाई सूचनाको हक अन्तर्गत असार १७ गते मध्यराति दुई दलबीच भएको सम्झौता पत्र उपलब्ध गराउन आग्रह गरे ।

‘मिडियामा आए अनुसार राती १२ बजे ७ बुँदे एउटा सम्झौता भएको छ । त्यो बाहिर आएको छैन । संविधानको धारा २७ अनुसार सूचनाको हकलाई कतै कुण्ठित गरिएको त छैन ?’ सांसद बोहोराले प्रश्न गरे ।

यहीँनेर सूचनाको हक अन्तर्गत नै भएता पनि कांग्रेस र एमालेका बीचमा भएको भनिएको सम्झौता सार्वजनिक गर्न माग गरे ।

कांग्रेस र एमालेका नेताहरुका अनुसार दुई पार्टीका शीर्ष नेताहरुबीच गत असार १७ गते मध्यराति संविधानमा आवश्यक पुनारावलोकन गर्ने सहितको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको छ । तर, उक्त सम्झौता पत्र भने सार्वजनिक भएको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button