Main

कांग्रेस र एमालेलाई सांसद विश्वकर्माको प्रश्न : तपाईंहरुलाई दलितले भोट नदिएकै हो ?

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आत्मा समानुपातिक समावेशिता रहेको बताएका छन् । तर, संघीय सरकारको वर्तमान मन्त्रिपरिषदमा दलितको उपस्थिति नरहेको भन्दै उनले प्रश्न उठाए ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले सत्तारुढ दलहरुले मन्त्रिपरिषदमा संविधानको मर्म अनुसार समावेशिता ख्याल गरेर मन्त्रीहरु चयन गर्न नसकेको बताए ।

‘संविधानको मूल मर्म विपरित मन्त्रिपरिषद बनेको छ । यो दलित समुदायमाथिको अत्याचार र शषेण पनि हो’ उनले भने । दुई ठूला पार्टीले सहज रुपमा सरकार बनाउँदा समेत समावेशिता ख्याल नहुनु बिडम्बनापूर्ण रहेको उनले बताए ।

‘के एमाले र कांग्रेस पार्टीमा मन्त्री हुन हैसियत राख्ने दलित नेताको अभाव भएकै हो त ? के कांग्रेस र एमाले पार्टीलाई दलित समुदायले मतदान नगरेकै हुन त ?’ सांसद विश्वकर्माले प्रश्न गरे ।

कांग्रेस र एमालेलाई दलित समुदायले समेत भोट दिएको र दुवै पार्टीमा मन्त्री हुन योग्य रहेका सांसदहरु समेत रहेको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button