Main
काठमाडौँ आइपुगे कतारका राजा, राष्ट्रपति पाैडेलद्वारा स्वागत
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्।
नेपालकाे दुईदिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसाे काठमाडौँ आएका हुन्।
थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।
उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हो। उनको सम्मानमा नेपाल सरकारले आज नेपालभर सार्वजनिक बिदासमेत दिएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।